बागमती प्रदेशको ६ जिल्लामा फैलियो बर्डफ्लु

तामसालिङ खबर
१० चैत्र २०७८, बिहीबार ०६:१७

चैत्र, हेटौडा – बर्डफ्लु रोगको संक्रमण मकवानपुरसहित बागमती प्रदेशका जिल्लाहरुमा फैलिएको छ ।

हाल सम्म बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु देखा परिसकेको छ । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौंडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान मन्त्रालयले गरेको छ । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ ।

बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको  छ । संक्रमणका कारण क्षति व्यहोरेका किसानलाई संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिब पाण्डेले बताए ।

मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परिक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि बिकास महासाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कडेलले जानकारी दिए ।

संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ । त्यस्तै सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ ।

संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागी भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र ¥यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*