माओवादी केन्द्र थाहा नगरको अध्यक्षमा लामा निर्वाचित

तामसालिङ खबर
२९ माघ २०७८, शनिबार १८:४२

माघ, हेटौडा (थाहा नगर) – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थाहा नगर कमिटिको अध्यक्षमा बिनोदकुमार लामा निर्वाचित भएका छन्। शनिबार थाहा नगरको जेसीज हलमा भएको मतदानमा लामाले ३१ मत प्राप्त गरि निर्वाचित भएका हुन् । अर्का उम्मेदवार अरुण रायमाझीले २८ मत प्राप्त गरेका छन् ।

गत मंसिर ११ गते भएको नगर अधिवेशनले ५९ सदस्यीय नगर कमिटी चयन गरिएको थियो भने पदाधिकारी भने चयन हुन् सकेको थिएन । ५९ मतदातामा सबैले मतदान गरेका थिए । अब अन्य पदाधिकारीको छनौट बैठकले गर्ने सहमति भएको एक सदस्यले बताए ।

निर्वाचित भएपछि प्रतिक्रिया दिदै अध्यक्ष लामाले पार्टी लाई नयाँ ढंगले चुस्त बनाई बैशाख मसान्तमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*