मकवानपुरमा थपिए ७२ जना संक्रमित

तामसालिङ खबर
१३ माघ २०७८, बिहीबार १८:०८

माघ, हेटौडा – मकवानपुरमा पछिल्लो २४ घण्टामा ७२ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआरबाट ५६ जनाको परिक्षण गर्दा २७ जनामा पोजेटिभ देखिएको छ ।

त्यस्तै एन्टिजेन विधिबाट १०५ जनाको परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।

उनले संस्थागत आइसोलेसनमा १२ जना बसेको बताएका छन् भने एक हजार १७० जना होम आइसोलेसनमा बसेको बताए । पछिल्लो २४ घण्टामा २८५ जना कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*