भिजिट भिसाका नाममा मानव तस्करीमा संलग्नलाई कारबाही गर्न मार्सल टिम गठन

तामसालिङ खबर
१४ माघ २०७८, शुक्रबार ०५:०६

माघ, काठमाडौँ – रोजगारी दिने भन्दै भिजिट भिसा मार्फत दुबई लगायत अन्य खाडी मुलुकमा अलपत्र नागरिकको बारेमा अध्ययन तथा उद्धारका लागि सरकारले ‘मार्सल टिम’ नामक तत्काल निणर्य कार्यान्वयन गर्ने सरकारी संयन्त्र बनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको समस्या तत्कालै समाधान गर्ने गरी मार्सल टिम बनाइएको बताउनुभयो ।

अलपत्र परेका नेपालीको उद्धारका लागि आफू पनि केही दिनभित्रमा सम्बन्धित मुलुकमा जाने उहाँको भनाइ छ । मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने लगायत नेपाल प्रहरीका प्रतिनिधिहरू पनि छन् ।

सरकारले पर्यटन भिसामा विदेश पुर्‍याएर अलपत्र पार्नेहरुलाई कारबाहीका लागि यसअघि पनि गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको स‌योजकत्वमा पनि समिति गठन गरेको थियो ।

मार्सल टिमले समिति मातहतमै रहेर काम गर्ने पनि मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । – सीआइएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*