नेपालको जनसंख्या २ करोड ९१ लाख

तामसालिङ खबर
१३ माघ २०७८, बिहीबार ०५:३७

माघ, काठमाडौं – नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख  थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।

विभागका अनुसार यसपटक ०-९३ प्रतिशत वृद्धिदर छ । अघिल्लो पटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*