माओबादी केन्द्र मनहरीका राजिव ब्लोनको श्रद्धाञ्जी सभा, परिबारलाई ५० हजार नगद सहयोग

तामसालिङ खबर
५ माघ २०७८, बुधबार ११:४०

माघ, हेटौडा (मनहरी) – नेकपा माओबादी केन्द्र मनहरीका सचिवालय सदस्य राजिव ब्लोन को १३ औं दिनको पुण्य तिथिमा बुधबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

माओबादी केन्द्र मनहरी गाँउ कमिटिले आयोजना गरेको उक्त श्रद्धाञ्जी सभामा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा बागममति प्रदेशका सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा रहेका थिए ।

श्रद्धान्जली सभामा बोल्दै मन्त्रि मोक्तानले ब्लोनको निधनले पार्टीलाई ठुलो क्षति पुगेको बताए । जनयुद्धकाल देखिनै माओबादी केन्द्रमा रहि देश र जनताको सेवा गर्दै आइरहेका ब्लोनलाई गुमाउनु पर्दा सिंगो माओबादी केन्द्र नै दुखित रहेको बताए ।

सभामा मााअ‍ेबादी केन्द्र बागमति प्रदेशका सदस्य ओमबहादुर ग्लान, बिरबहादुर घलान (ज्वाला), मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन , गाँउ कमिटिका अध्यक्ष राम प्रसाद कालाखेति, सचिव सञ्जीब पाठक, वाईसिएल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाँक्री), प्रेस सेन्टर पश्चिम क्षेत्रका संयोजक उमेश राई, प्रेस सेन्टर मनहरीका अध्यक्ष जयराम मुक्तान, लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थीती रहेका थिए ।

त्यस्तै, श्रद्धान्जली सभामा मृतक ब्लोनको परिबारलाई नेकपा माओबादी केन्द्र मनहरीले नगद ५० हजार रुपिंया रकम सहयोग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*