नेपाल आईडलमा हेटौंडेली चेली टप १२ मा, भोटको अपिल

तामसालिङ खबर
३ माघ २०७८, सोमबार १०:२२

माघ, काठमाण्डौ – एपिवन टेलिभिजनबाट प्रशारण हुँदै आईरहेको नेपालको पहिलो चर्चित सिङ्गिङ रियालिटी शो नेपाल आईडलको सिजन ४ अहिले चलिरहेको छ । नेपालमा अहिले धेरै मात्रामा रियालिटी शो हरु भित्रिसकेका छन् तर नेपाल आईडलको जति क्रेजमा कुनै पनि रियालिटी शो पुगेको देखिएको छैन ।

यो शो बाट उत्पादन भएका गायक गायिकाहरु अहिले देश विदेशमा रहेका दर्शकको मनमुटुमा बसेका छन् । अरु रियालिटी शोको तुलनामा नेपाल आईडल चर्चित नै देखिन्छ । सिजन १ , सिजन २ , सिजन ३ को अपारसफलता पछि अहिले सिजन ४ चलिरहेको छ ।

सिजन १ देखि सिजन ३ सम्म यो शोको जर्जमा न्हु बज्रचार्य , ईन्दिरा जोशी र कालिप्रसाद बास्कोटा रहेका थिए । अर्कै रियालिटी शोको लागि एग्रिमेन भएपछि उनिहरुले नेपाल आईडल छाडिएका छन् । अहिले सिजन ४ मा नेपालको चर्चित संगितकार एंव गायक शम्भुजित बास्कोटा , सुगम पोख्रेल र सुवानी मोक्तान रहेका छन् ।

नेपाल भरबाट हजारौँको संख्यामा भाग लिने क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ निवासी सुमियन पाख्रिनले पनि भाग लिएका थिए । उनले अडिसनमा दिव्य सुब्बाको तिम्रो मन मेरो लागि घर हो भन्ने बोलको गीत गाएर छानिएको थियो । उनले विभिन्न राउण्डहरु पार गर्दै अहिले टप १२ मा प्रवेश गरेकी छिन् ।

टप १२ मा प्रवेश गरेसँगै उनलाई भोटको खाँचो भएको छ । उनले थ्रेयटर राउण्डमा मन किन रुन्छ मन भन्ने बोलको गीत गाएकी थिईन् भने पियानो राउण्डमा आस्था राउतको चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा भन्ने बोलको गीत गाएकी थिईन् । त्यस्तै गाला राउण्डमा मन्त्र ब्याण्डको सधैँ सधैँ आईरहन्छ तिम्रो यादहरु भन्ने बोलको गीत गाएकी छन् । गत शुक्रबारदेखि खुल्ला भएको भोटिङ लाईन् सोमबार सम्म खुल्ला हुने छ ।

बुवा भिम बहादुर पाख्रिन र आमा देवीमाया दोङको कोखबाट जन्म लिएकी उनि कान्छी सुपुत्री हुन् । उनी पहिलेदेखि नै संगितमा रुचि राख्थिन् र उनि क्रिष्ट्रियन भएकै कारण उनि शनिबार शनिबार चर्चमा गएर गीत गाउँथिन् र घरमा हुँदा दाईले गितार बजाउने र उनले गीत गाउने गरेकी उनकी दिदि सुजना रुम्बाले बताईन् ।

उनी बाल्यकालदेखि नै चञ्चल स्वभावकी थिईन् । कान्छी छोरी भएकै कारण उनलाई घरमा सबैले माया गर्छन् । टप १२ बाट टप ११ मा प्रवेश गर्न उनलाई भोटको आवश्यक परेकाले अत्याधिक भोट गरिदिन दर्शक माझ अनुरोध गरेकी छिन् ।

उनको भोटिङ कोड ११ रहेको छ । एनटिसी , एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्नपनि सकिनेछ र देश बाहिर रहेका दर्शकहरुले सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*