रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश-सुन्तली फाउन्डेशन विरुद्ध मुद्धा

तामसालिङ खबर
३ माघ २०७८, सोमबार ०६:४६

माघ, काठमाडौं – रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ । वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशनबिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।

उक्त फाउण्डेशनले चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणारम्भ गरेको थियो । फाउण्डेशनले दातृ निकाय, विदेशमा रहेका नेपाली श्रमिक तथा सरकारकाबाट रकम उठाएर रंगशाला निर्माण गर्ने प्रयास गर्ने प्रयास गरेपनि निर्माण सम्पन्न गर्न भने सकेको छैन ।

वेदप्रसाद भण्डारीले निर्माणाधीन रंगशालामा विभिन्न निकायबाट उठाइएको रकम बराबरको खर्च नगरिएकोले भ्रष्ट्राचार गरेको भन्दै उजुरी दिएका हुन् । हाल प्राप्त उजुरी अख्तियारमा दर्ता भइसकेको जनाइएको छ ।

अब अनुसन्धानसमेत तत्काल हुने अख्तियारले जनाएको छ । हालसम्म रंगशाला निर्माणको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै सम्पन्न भएको छ । तर उता फाउण्डेशनले भने हालसम्म रंगशाला निर्माणका लागि ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको विवरण प्रस्तुत गरेको छ । डिपीआर तयार गर्दा रंगशालालको निर्माण खर्च करिब ३ अर्ब लागतमा निर्माण हुने अनुमान गरिएको थियो ।

त्यसका साथै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मस)ले रंगशाला निर्माणका लागि आश्वसन अनुसार सहयोग नभएको भन्दै १७ करोड ऋण लागिसकेको बताउदै आएका छन् ।

फाउण्डेसनले रंगशाला निर्माणको गन नसकेको भन्दै स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*