जेनिस उप्रेतीले जिते, ‘द भ्वाइस अफ नेपाल किड्स’ को उपाधि

तामसालिङ खबर
२ माघ २०७८, आईतवार ०९:३६

माघ, काठमाडौँ – ख्यातिप्राप्त गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल किड्स’को उपाधि जेनिस उप्रेतीले उचाल्न सफल भएका छन् । उनी कोच प्रमोदका सदस्य भएर सोमा चुनिएका थिए ।

छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने यो रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका छन् । त्यस्तै कोचको रुपमा चर्चित गायक तथा गायिका प्रमोद खरेल, प्रविशा अधिकारी, मिलन अमात्य र राजु लामा रहेका छन् ।

‘द भ्वाइस अफ नेपाल किड्स’ को डिजिटल अडिसनबाट छानिएका प्रतिभाहरु विभिन्न प्रतिस्पर्धामा अब्बल हुँदै उत्कृष्ट ८ मा जेनिस उप्रेती, रुक्शाना लिम्बु, मिन्चामा राई, नुमा राई, सुशनी गुरुङ्ग, अनुजा कडरिया, पासाङ डिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा पुगेका थिए ।

‘द भ्वाइस अफ नेपाल किड्स’ का विजेता उप्रेतीले ट्रफीसंगै १५ लाख नगद, सीजीबाट ५० हजार बराबरको कोर्षदेखि अन्य धेरै पुरस्कारहरु पाएका छन् । ‘दि भ्वाइस अफ नेपाल’ सिजन ४ को डिजिटल अडिशन अबको २ दिनपछिदेखि खुल्ने ‘दि भ्वाइस अफ नेपाल किड्स’ फाईनलमा जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*