मओवादी केन्द्रद्वारा मनहरी ५ का क्यान्सर पिडित राईलाई आर्थिक सहयोग

तामसालिङ खबर
२७ पुष २०७८, मंगलवार ०९:५८

पुष, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका ५ नम्बर वडा कमिटीले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ ।

पार्टीको वडा कमिटि सदस्य दिपक राईको आमा होल्टिमाया राईलाई फोक्सोको क्यान्सरबाट पिडित रहेको अबस्थामा उनलाई नगद १३ हजार ५० रुपैया आर्थिक सहयोग गरिएको ५ नम्बर वडा इन्चार्ज दिपेन्द्र अधिकारीले बताउनु भयो ।

पिडित राईलाई उपचारमा थप सहयोग पुर्याउने हेतुले मंगलबार बिहान निवास मै पुगी सहयोग हस्तान्तरण गरिएको थियो ।

हस्तारण कार्यक्रममा नेकपा मओवादी केन्द्र मनहरी गाउँपालिका अध्यक्ष राम प्रसाद कालाखेती, सचिवालय सदस्य तथा ५ नम्बर इन्चार्ज दिपेन्द्र अधिकारी, ५ नम्बर वडा कमिटि अध्यक्ष गोबिन्द सापकोटा, गजाधर सुवेदी, कृष्ण प्रसाद रिजाल, श्याम घलान,चन्द्रबहादुर रुम्बा, कृष्ण प्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*