राक्सिराङको स्वास्थ्यकर्मीमा देखियो कोरोना

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०७:०६

पुष, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाको एक जना स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ ।

केहि महिनायता कोरोना संक्रमण शुन्य रहेको गाउँपालिकामा आइतबार एकजना महिला स्वास्थ्य कर्मीलाई पोजिटिभ देखिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बिजय कापरीले जानकारी दिए ।

राक्सिराङमा कार्यरत ती स्वास्थ्य कर्मीले मनहरीमा एन्टीजिन परिक्षण गराएकी थिइन् । राक्सिराङ गाउँपालिका मा पछिल्लो पटक गत असोजमा संक्रमित भेटिएका थिए ।

त्यसयता कोरोना जोखिम कम रहेको भए पनि विश्वव्यापी रुपमा तेस्रो भेरियन्ट आएको चर्चासँगै पुन संक्रमित भेटिएको हो । देशैभरसमेत कोरोना संक्रमित बढ्न थालेको    छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*