सूर्य माविमा स्काउटको तीन दिने फ्रेन्डसिप क्याम्प सम्पन्न

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०८:१५

पुष, हेटौडा (बागमती) – मकवानपुरको पूर्वी क्षेत्र बागमती गाउँ पालिका वडा नं १ स्थित सूर्य माविमा भएको तीन दिने फ्रेन्डसिप आइतबार सम्पन्न भएको छ । स्थानीय पालिका स्काउट संरक्षक एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यतामा तीन दिने क्याम्पको समापन समाहरोह सम्पन्न भएको छ।

समापन समारोहमा प्रमुख अतिथि घलानले स्काउट विद्यालय स्तरमा संचालन गर्नु पर्ने र यसको लागि पालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।स्काउटलाई पालिका भरिका विद्यालयमा पुर्याउन आवश्यक रहेको र त्यसको लागि पालिकाको तर्फबाट गर्नु पर्ने आवश्यक कार्य गर्न तयार रहेको बताउनु भयो । साथै स्काउटको महत्व सबै क्षेत्रमा उतिकै महत्व रहेकोले नेपाल स्काउट तथा प्रदेश स्काउटबाट नियमित तालिमहरु संचालन गर्नु पर्नेमा जोड दिनु भयो ।

यस्ता क्याम्पमा टाढाका विद्यालयहरु सहभागी हुँदा विद्यालय र विद्यार्थीहरुलाई आर्थिक भार पर्ने हुँदा आगामी कार्यक्रममा पालिकाले आर्थिक भार बहन गर्न तयार रहेको जानकारी गराउनु भयो ।

समारोहमा विशिष्ट अतिथि बागमती प्रदेश स्काउट सदस्य एवम् सचिवालय सदस्य अशोक सारु मगरले कोभिड १९ को संक्रमणले प्रभाव नपरे प्रदेश स्काउटबाट विभिन्न चरणवद्ध नियमित तालिम संचालन गर्ने जानकारी गराउनु भयो । कोभिड १९ का कारण स्काउट सम्बन्धी कार्यक्रम गर्न नसकेको अवस्थामा पालिकाको आर्थिक सहयोग सूर्य स्काउट ट्रुपले क्याम्पको आयोजना गरेकोमा खुशी हुँदै पालिका र विद्यालयप्रति आभार व्यक्त गर्नु भयो ।

क्याम्पमा संचालित प्रतियोगिताहरुमा नटिंग तर्फ प्रथम, द्वितिय र तृतीय क्रमश: देवकी स्काउट ट्रुप, सूर्य स्काउट ट्रुप र सुनौला स्काउट ट्रुप भए । नृत्य प्रतियोगितामा जनकल्याण स्काउट ट्रुप प्रथम, सुनौला स्काउट ट्रुप द्वितीय र सूर्य स्काउट ट्रुपले तृतीय स्थान हासिल गरे । त्यस्तै हाजिरी जवाफ प्रतियोगिता र मार्च पासमा सुनौला स्काउट ट्रुपले प्रथम स्थान हासिल गरे ।

तीन दिनको अवधिमा टनेल, वाकिङ अन द ब्याम्बो, टच द टार्गेट, टायर क्रसिङ, बिम क्लाइम्बिङ, सुपर म्यान, ओमेगा जम्प, मंकी ब्रिज, टायर चिम्नी लगायतका नौं प्रकारका साहसिक खेलहरुको अभ्यास गराउएको थियो ।

पुष २३ गते शुक्रबारदेखि २५ गते आइतबारसम्म संचालित उक्त क्याम्पमा सूर्य मावि, बागमती -१, सुनौला मावि, थाहा न.पा. -१, जनकल्याण मावि, थाहा न.पा. -३, देवकी मावि, बागमती -५ र बागमती मावि, बागमती -२ गरी पाँच विद्यालयबाट छात्रा ८२ र छात्र ८४ जना गरी जम्मा १६६ जना विद्यार्थीहरु क्याम्पमा सहभागी भएका थिए ।

समापन समारोहमा बागमती प्रदेश स्काउट सदस्यहरु महेन्द्र राना र सौरभ अधिकारी, वडा सदस्य काजिमान भोलन, स्काउटर नरेश अवाले, चन्द्रबहादुर थापा, हर्कबहादुर राई, डोरबहादुर थापा, रोवरहरु अनिल आचार्य, जोन पहाडी, स्काउट शिक्षकहरु राजकुमार राई, किशोर श्रेष्ठ, देवेन्द्र गोपाली, मिना महर्जन, पदमबहादुर बडुवाल लागायतकाको उपस्थित रहेको थियो ।

सूर्य स्काउट ट्रुपको संरक्षक एवम् सूर्य माविका प्र.अ. रत्नबहादुर राईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण प्रमोद राइले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*