राज्यको पुनः संरचना प्रबिधीमैत्री हुनु आबश्यक छ – मन्त्री जम्कट्टेल

रासस
२६ पुष २०७८, सोमबार ०७:४७

पुष, हेटौंडा – बागमती प्रदेशका आर्थिक मामिला एबम् योजना मन्त्री शालिकराम जम्कट्टेलले राज्य पुनःसंरचना बन्ने संरचनाहरु प्रबिधीमैत्री हुनुपर्ने बताउनुभएको छ ।

आइतबार एकीकृत प्रगतिशील इन्जिनियर समूह निर्वाचन परिचालन समितिको आयोजनामा हेटौंडामा भएको कार्यक्रम उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री जम्कट्टेलले बिश्वमा नयाँ नयाँ प्रबिधीको विकास भएसंगै नेपालमा पनि बन्ने संरचनाहरुमा प्रबिधीको विकास एबम् जडानलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले ईञ्जिनियरहरु राज्य संरचना निर्माणका निर्माणकर्ताभएकोले पनि प्रबिधीसंग जोडिनुपर्ने बताउनुभयो ।

ईञ्जिनियरहरुको समस्या समाधानमा वाग्मती प्रदेश सरकारले सम्बोधन नेपाल ईञ्जिनियरिङ संघको विधान संशोधन गरी उम्मेदवारीको सम्बन्धमा कायम गरिएको विभेदकारी उमेर हद खारेज गरी सम्पूर्ण सदस्यहरुले उम्मेदावरी दिन पाउने व्यवस्था पुनः स्थापित गर्नुपर्ने संघीय पदका उम्मेदवारे ईन्जिनियर डा. हरिराम पराजुलीे बताउनुभयो ।

यसैगरी स्वादेश तथा विदेशमा छरिएर रहनुहुने इन्जिनियर सदस्यहरुलाई नेइए र यसका गतिविधिसँग प्रत्यक्ष जोड्ने संयन्त्र विकास लगायतका काम गरिने जनाइएको छ । संघीयमा ईन्जिनियर डा. हरिराम पराजुली तथा प्रदेशमा सभापति गिरीधर मिश्रको समूहले परिचयात्मक कार्यक्रम गरिएको थियो ।

नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष उमेश रुपाखेतीको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालयका मन्त्री कुमारी मोक्तान, खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री बसन्त कुमार मनान्धर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*