सीसीएमसीले ओमिक्रोन भेरियन्टको नियन्त्रण र रोकथामका विषयमा छलफल तीब्र

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०९:०४

पुष, काठमाण्डौ – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका विषयमा छलफल तीब्र पारेको पारेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका विषयमा छलफल भएको हो ।

बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले विद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ । नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढ्पछि यसको रोकथामको चुनौती बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*