पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि

तामसालिङ खबर
२६ पुष २०७८, सोमबार ०६:३९

पुष, काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८४८ पीसीआर तथा ३ हजार ७८४ एन्टिजेन परीक्षण गर्दा ११ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ । यस्तै, २२४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ६ हजार ७५५ सक्रिय संक्रमित छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*