एकिकृत समाजवादी राक्सिराङको अध्यक्षमा ज्ञानेन्द्र तामाङ, ५१ सदस्यीय कमिटी गठन

तामसालिङ खबर
२० पुष २०७८, मंगलवार ०८:२३

पुष, हेटौडा (राक्सिराङ) – नेकपा एकिकृत समाजवादी पार्टी राक्सिराङ गाउँ कमिटिको अध्यक्षमा ज्ञानेन्द्र थोकर तामाङ सर्वसहमत चयन भएका छन् ।

सोमबार सम्पन्न पार्टीको प्रथम भेलाबाट तामाङको नेतृत्वमा ५१ सदस्यीय गाउँ कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा बुद्धमाया प्रजा चयन भएकी छन भने बाँकी पदाधिकारी पछि मनोनयन गरिने भएको छ ।

एकिकृत समाजवादी राक्सिराङ ईन्चार्ज कृष्णबहादुर प्रजाको अध्यक्षतामा भएको भेलामा नेकपा एसका स्थायी कमिटी सदस्य एवम् स्वास्थ्य तथा जन संख्या मन्त्री बिरोध खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

भेलामा पार्टीको केन्द्रिय पोलिब्युरो सदस्य ललित बस्नेत, केन्द्रिय सदस्य तथा मकवानपुर सह-इन्चार्ज राजाराम स्याङतान, प्रदेश कमिटि सदस्य गोविन्दराम चेपाङ, जिल्ला अध्यक्ष श्रीधर पोखरेल, जिल्ला सचिव बिष्णु दहाल लगायत पार्टि जिल्ला सदस्यहरु, विभिन्न भातृ संगठनका प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश समेत गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*