गायिका चन्द्रादेवीको ‘सम्झेर ल्याउँदा’ (भिडियो)

तामसालिङ खबर
२० पुष २०७८, मंगलवार १०:०२

पुष, हेटौडा – मकवानपुरका गायिका चन्द्रादेवी लामाको ‘सम्झेर ल्याउँदा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी म्युजिक भिडियोलाई सार्वजनिक गरेको हो ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि एवम् निषाद संगीत पाठशालाका प्रशिक्षक रमेश तिमल्सिनाले औपचारिक रुपमा सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै गायिका लामाले गीतमा जीवनका भोगाईहरु समावेश गरिएको बताईन् ।

अनेकौँ उतारचढाव भएपनि जीवनमा हाँसेर बाँच्नुपर्ने र सबैसँग राम्रो भएर जिउनुपर्ने सन्देश गीतमा समावेश छ । गीतमा गायिका चन्द्रादेवी लामाका बुवा एवम् मकवानपुरे समाजसेवी तथा लेखक देवेन्द्र लामाको शब्द र संगीत रहेको छ ।

म्युजिक भिडियोमा गायिका लामासहित नारायण प्रसाद गौतम र निवेदिका गौतमले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मकवानपुरे कलाकार तथा निर्देशक विक्रम लुङ्वाले निर्देशन गरेका छन् । धन पाख्रिनले छायाँकन गरेको म्युजिक भिडियोलाई निर्देशक लुङ्वाले नै सम्पादन गरेका हुन् । म्युजिक भिडियो केही समयपछि नै युट्युबमार्फत पनि सार्वजनिक हुने गायिका लामाले बताईन् ।

गीतलाई सरगम स्टुडियोमा अर्पण थिङले मिक्सिङ तथा रेकर्डिङ गरेका हुन् । गीतमा आगा लामाले संगीत संयोजन गरेका छन् । कार्यक्रममा मकवानपुरे सामाजिक व्यक्तित्वहरु, कलाकार हेमकुमार लामा, कलाकार प्रलय चौलागाई, तामाङ पत्रकार संघ मकवानपुरका कोषाध्यक्ष भुवन घलान लगायतको आतिथ्यता रहेको थियो ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*