मेरो लागि यो अन्तिम अवसर र चुनौति हो – प्रचण्ड

तामसालिङ खबर
२० पुष २०७८, मंगलवार ०७:५३

पुष, काठमाडौं – नेकपा माओवादीको अध्यक्षमा फेरि पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । पार्टीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।

अध्यक्ष चयन भएपछि प्रचण्डले आफ्नो लागि यो अन्तिम अवसर भएको बताएका छन् । उनले नेपाली र नेपाली जनताको सेवा गर्ने यो अन्तिम अवसर भएको बताए। ‘मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरेको छु ।

नेपाल र नेपाली जनताको सेवा गर्न यो मेरो लागि अन्तिम अवसर र चुनौति पनि हो,’ सम्बोधनको क्रममा उनले भने। उनले उमेर हदका कारण होस् या अन्य कुनै कारणले होस् पार्टी, जनता र देशको लागि अन्तिमपटक सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए। उनले यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*