राष्ट्रिय युवा संघको महाधिबेशन फाल्गुनमा हुने

तामसालिङ खबर
२० पुष २०७८, मंगलवार ०८:३५

पुष, काठमाडौं – एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन फागुन ११ गते हुने भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान,च्यासलमा बसेको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कार्यालय कमिटीको तेस्रो पूर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन फागुन ११ गते गर्ने निर्णय गरेको हो । महाधिवेशन तयारीका लागि पौष २८ र २९ गते केन्द्रीय सचिवालयको बैठक पोखरामा हुने भएको छ ।

बैठकले माघ ७ गते ६७४३ वटै वडा अधिवेशन, माघ १५ गते ७५३ वटै पालिका र ७४ वटै अन्तर जिल्ला अधिवेशन, २०७८ माघ २२ गते ७७ वटै जिल्ला अधिवेशन, २९ गते ७ वटै भौगोलिक प्रदेश र अन्तर जिल्ला विशेष प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ।

एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको हो। पार्टी केन्द्रीय कमिटीको बैठकले फागुन मसान्तभित्र सबै जनसंगठनका राष्ट्रिय सम्मेलन/अधिवेशन आयोजना गर्न निर्देशन दिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*