माओवादीका केन्द्रीय सदस्य काठमाडौं बस्न नपाउने

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार १८:४७

पुष, काठमाण्डौ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य काठमाडौंमा बस्न नपाउने बताइएको छ ।

पार्टी निर्माणका लागि १५ दिन अनिवार्य श्रम गर्नुपर्ने विषय राजनीतिक दस्तावेजमा उल्लेख गरेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिलाई जवाफ दिने क्रममा बन्दसत्रमा केन्द्रीय सदस्यले काठमाडौं बस्न नपाउने घोषणा गरेका हुन् ।

’पार्टी निर्माणका लागि गाउँ केन्द्रित हुनुपर्छ । केन्द्रीय सदस्य भएर काठमाडौ बसिराख्ने अवस्था छ । यसलाई अन्त्य गरिनुपर्छ ।

पार्टीका कामबाहेक केन्द्रीय सदस्यले काठमाडौंमा बस्न पाउने छैनन्,’ प्रचण्डले भने । तर प्रचण्डको यो भनाइ कार्यान्वयनमा आउन कठीन रहेको नेताहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*