बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त नियुक्त

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०७:५७

पुष, हेटौडा – बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्त नियुक्त भएका छन् । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चितवन घर भएका पन्तलाई बुधबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकटका हुन् ।

यस्तै, आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल पनि नियुक्त भएका छन् । नेपाललाई पुस १४ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरिएको हो । नेपाल नेपाली कांग्रेस निकट रहेका छन् । उनी कांग्रेसबाट आयोगको सदस्य बनेका हुन् । आयोगका सदस्य लामिछाने संविधानसभा सदस्य समेत हुन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

उनी नेकपा माओवादी केन्द्र निकट रहेका छन् । आयोगको अध्यक्षमा मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्षसहित ४ जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्यमात्रै नियुक्त भएका छन् । अन्य सदस्यहरु समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मनित्रपरिषद् कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*