नेपालको पुनर्निर्माण सम्बन्धी जानकारी दिन अन्तर्राष्ट्रिय सम्मेलन हुने

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०८:५१

पुष, काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ सम्म काठमाडौमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपालको पुनर्निर्माणसम्बन्धी जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सम्मेलनको आयोजन गर्न लागेको प्राधिकरणले जानकारी दिएको छ। ०७२ को भूकम्पले नेपालका संरचना ध्वस्त भए ।

जसको ६ वर्षमा अधिकांश संरचना निर्माण गरी सकेको प्राधिकरणको भनाइ छ। भूकम्पपछिको पुनर्निर्माणमा प्राधिकरणले अवसर,चुनौती र अनुभव आदानप्रदान गर्नका लागि सम्मेलन सञ्चालन गर्न लागेको प्राधिकरणले जनाएको छ ।

भूकम्पपछिको पुनर्निर्माण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतका लागि चासोको विषय भएको प्राधिकरणको भनाइ छ। सबैको साथ र सहयोगले भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सफलता प्राप्त भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सय अवधिमा प्राप्त अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बाँड्नका लागि सम्मेलनको आयोजना गरेको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*