हिमपातका कारण अबरुद्ध रहेको त्रिभुवन राजपथ ३६ घण्टापछि सञ्चालन

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०७:०१

पुष, हेटौंडा (थाहा नगर) – थाहा नगरको सिमभञ्याङ र दामन क्षेत्रमा भारी हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध रहेको त्रिभुवन राजपथ ३६ घण्टा पछि सञ्चालनमा आएको छ ।

भारी हिमपातका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ अन्तर्गत दामन-सिमभञ्याङ सडक खण्डमा सडक डिभिजन कार्यालय र थाहा नगरपालिकाको समन्वयमा जेसिबी प्रयोग गरेर सडकको हिउँ हटाइए सँगै यातायात सञ्चालनमा आएको हो ।

तस्बिर : फोटो पत्रकार गणेश बिष्ट

मङ्गलबार रातिदेखि वर्षा सँगै हिउँ परेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको थियो । बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो ।

सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । थाहा नगरपालिकाको सीमभञ्ज्याङ, दामन र अघोरलगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझबाट दुईतर्फीरूपमा यातायात सेवा सञ्चालनमा आएको पालुङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*