मकवानपुरमा तीनवटा ब्लक विकास कार्यक्रम सिफारीस

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०६:२३

पुष, हेटौडा – प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्तरगतकाे बल्क विकास कार्यक्रम संचालनका लागि मकवानपुरमा तीनवटा क्षेत्र निर्धारण गरे सिफारीस गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिक परियोजना कायान्वयन समन्वय तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले जिल्लामा चार किल्ला निर्धारण गरेर बाख्रा, भैसी र माछा विकास कार्यक्रम संचालनका लागि सिफारीस गरेको हो ।

समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले ब्लक विकास कार्यक्रम सञ्चालनका लागि चार किल्ला निर्धारण गरेर स्वीकृतिका लागि बागमती प्रदेश, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सिफारीस गरेको हो । बैठकले बाख्रा विकास कार्यक्रमका लागि जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर २ र ३ लाई सिफारीस गरेको अध्यक्ष खुलालले बताउनुभयो ।

यस्तै भैसी ब्लक विकास कार्यक्रमका लागि भीमफेदी वडा नम्बर ५ र ७ तथा माछा विकास कार्यक्रमका लागि बकैया गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई सिफारीस गरेको उहाँले बताउनुभयो । माछा विकास कार्यक्रमका लागि भने दुई वर्ष भित्र तोकिएको क्षेत्रमा कम्तीमा ६० हेक्टर मत्स्य पोखरी पुरा गर्ने गरी सिफारीस गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, समन्वय अधिकारी आनन्दराज पोखरेल, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगनाथ दाहाल, भेटेरिनरी अस्पताल हेटौंडाका प्मुख सुशिल केसी, डिभिजन वन कार्यालय हेटौंडाका निमित्त प्रमुख बसन्तराज गौतम, मकवानपुर उद्योग वाणिज्यसंघका बरिष्ट उपाध्यक्ष अनिल अग्रवाललगायत समितिका सदस्यहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*