बेलायतमा एकैदिन १ लाख ३० हजारमा कोरोना पुष्टी

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०६:२०

पुष, एजेन्सी – बेलायतमा एकैदिन ठूलो संख्यामा कोभिड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक लाख ३० हजारमा कोरोना संक्रमण पुष्टी भएको हो । यो संख्या बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च संख्या हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण बेलायतमा संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् । बेलायतमा हालसम्म कोभिडबाट १ लाख ४८ हजारभन्दा बढीको मृत्यु भइसकेको थियो । पछिल्लो एक सातामा मात्र बेलायतमा संक्रमण दर ४८ प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*