राष्ट्र बैंकद्वारा ११ अर्ब ८४ करोड ४ लाख पुनरकर्जा स्वीकृत

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार ०५:१७

पुष, काठमाडौं – राष्ट्र बैंकले मंसिर मसान्त सम्म ११ अर्ब ८४ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत गरेको छ । बैंकले विशेष र साधारण गरी कुल २९ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत ९१ ऋणीहरुलाई कुल ११ अर्ब ८४ करोड ४ लाख रुपैयाँ पुनरकर्जा स्वीकृति दिएको हो ।

यस्तो स्वीकृति विशेष पुनरकर्जामा १० वटा वित्तीय संस्थाबाट १५ जना ऋणीहरुलाई २ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ र साधारण पुनरकर्जामा २७ वित्तीय संस्थाहरूबाट ७६ ऋणीहरुलाई ९ अर्ब ३८ करोड २६ लाख रुपैयाँ स्वीकृत गरेको बैंकले जनाएको छ ।

प्रदेश अन्तर्गत यस्तो कर्जा सबैभन्दा बढी बागमती प्रदेशमा अधिकतम् ४७.८६ प्रतिशत अर्थात् ५ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ गएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ०.८३ प्रतिशत, ९ करोड ८४ लाख रुपैयाँ मात्र गएको बैंकले जनाएको छ ।

यसगरी, प्रदेश नम्बर १ मा एक अर्ब ५२ करोड ३४ लाख, प्रदेश २ मा ४९ करोड २६ लाख, गण्डकी प्रदेशमा एक अर्ब ३७ करोड ५९ लाख र लुम्बिनी प्रदेशमा २ अर्ब ६८ करोड ३६ लाख गएको बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*