देशभर अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित, केही स्थानमा हिमपात र बर्षा

तामसालिङ खबर
१४ पुष २०७८, बुधबार ०८:४६

पुष, काठमाडौ – हिजोदेखी देशभर अत्याधिक चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । गए रातिदेखि केही स्थानमा परेको पानीका कारण चिसो झनै बढेको हो । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि भएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा भएको छ । गएराती देखि नै हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ । हिमपातको कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिनुभयो । चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।

देशको पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा देशका पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्ष र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भेगमा बाक्लो तुवाँलो लागेको छ भने तराईका कतिपय स्थानमा हुस्सु /कुहिरो लागेको छ ।

बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ भने हेटौंडाको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*