नेकपा माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन

तामसालिङ खबर
१२ पुष २०७८, सोमबार ०७:२१

पुष, काठमाण्डौ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आइतबारबाट सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म जारी रहने माओवादी केन्द्रले जनाएको छ।

प्रज्ञा भवन काठमाडौंमा भएको उद्घाटन समारोहमा अतिथिको रुपमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ति शाही, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा, नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेताहरुले सम्बोधन गरका छन् ।

उनीहरुले राष्ट्रियताको विषयमा सबै दल एक भएर अगाडि बढ्नुपर्ने उद्घोष गरे। कार्यक्रमको अध्यक्षता अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*