मकवानपुरका जेष्ठ पत्रकारलाई औषधि खर्च र महिला पत्रकारलाई सुत्केरीभत्ता

तामसालिङ खबर
१२ पुष २०७८, सोमबार ०७:०८

पुष, हेटौंडा – प्रेस सेन्टर नेपाल मकवानपुरले जिल्लाका अग्रज जेष्ठ पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भएको अबस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ । संगठनको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।

संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ती ब्यतित गरिसकेको भएपनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरुको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताइन् ।

यसैगरी, सुत्केरी अबस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाले बताउनु भयो ।

पहिलो पूर्ण बैठकमा प्रेस सेन्टर बागमती प्रदेश कमिटीका अध्यक्ष यदु गौतम, केन्द्रीय सदस्य सुनिल गौतम, कृष्ण सारु मगर सल्लाहकार नवराज शर्मा, बागमती प्रदेश कमिटी उपाध्यक्ष नानीमैया विष्ट, मुख्य सचिव ध्रुव अधिकारी, सचिव चन्द्रकला खत्री, सदस्य राजु साश्वत लामिछाने, मिना श्रेष्ठ लगायतको उपस्थिति थियो ।

बैठक नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*