अब डेस्कटपबाट टिकटक लाइभ गर्न सकिने

तामसालिङ खबर
११ पुष २०७८, आईतवार ०८:२०

पुष, काठमाडौं – यदि तपाईं टिकटकको सक्रिय प्रयोगकर्ता हुनुहुन्छ र टिकटकमा लाइभ बस्न मन पराउनुहुन्छ भने खुशीको खबर छ ।

टिकटकले कम्प्युटरबाट पनि लाइभ बस्न मिल्ने गरी नयाँ फिचरको परीक्षण गरिरहेको छ । कम्पनीले विण्डाेजमा सपोर्ट गर्ने एप ‘टिकटक लाइभ स्टुडियो’ को परीक्षण गरिरहेको जनाएको छ ।

एपको सहायतामा प्रयोगकर्ताले कम्प्युटरबाटै टिकटक अकाउन्टमार्फत लाइभ बस्न सक्नेछन् । मोबाइलमा जस्तै डेस्कटपबाट गरिने लाइभमा पनि प्रयोगकर्ताले गिफ्ट फिचर, कमेन्ट बक्स र कि–वर्ड फिल्टर आफ्नो इच्छाअनुसार अन वा अफ गर्न मिल्ने बताइएको छ ।

हाल सीमित प्रयोगकर्ता माझ यो फिचर परीक्षण भइरहेको र चाँडै नै सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने टिकटकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*