नेकपा माओवादी केन्द्रको आजबाट आठौँ महाधिवेशन

तामसालिङ खबर
११ पुष २०७८, आईतवार ०८:१२

पुष, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन शुरु हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्नेछ । जसले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्नेछ ।

यसअघि माओवादीले राष्ट्रिय सम्मेलन बनाउदै आएपनि शनिबारको बैठकले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियाे ।

शनिबार पार्टीका प्रवक्ता कृष्णबहादुर महराले माओवादीको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताएका थिए । आज बस्ने केन्द्रीय कमिटीको बैठकले उक्त रुपान्तरण गर्ने उक्त निर्णय अनुमोदन गर्नेछ ।

महाधिवेशनको शुभारम्भ आइतबार दिउँसो १ बजेबाट शुभारम्भ हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमो उद्घाटन गर्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो ।

महाधिवेशन प्रज्ञा भवन परिसरमामा डिस्प्ले मार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने सकिने बताइएको छ । महाधिवेशनमा सहभागी हुन लागि देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी हुनेछन् । जसका लागि सबै प्रतिनिधि र पर्यवेक्षक काठमाडौं आइपुगिसकेको बताइएको छ ।

माओवादीले महाधिवेशनमा सहभागी हुनेहरुलाई खान बस्नका लागि आफै व्यवस्था गर्न लगाएको छ । अधिवेशन तीन दिन चल्नेछ । अधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै पार्टीको विधानलगायत अन्य दस्तावेज पेश हुने बताइएको छ । बन्दसत्रपपछि नयाँ नेतृत्व चयनको कार्यक्रम हुनेछन् ।

महाधिवेशनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*