विभिन्न पार्टीसँग पुस १३ गते भित्र एकता गर्ने माधव नेपालको उद्घोष

तामसालिङ खबर
११ पुष २०७८, आईतवार ०६:०२

पुष, तुल्सीपुर – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन चुनाव सम्मै जाने बताएका छन् ।

दाङको भालुवाङमा शनिबार भएको पार्टीको लुम्बिनी प्रदेश बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हामी पाँच दलीय गठबन्धले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं। स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।’

कुनै पनि एक दलको एकल बहुमत आउने सम्भावना कम रहेको भन्दै गठबन्धन गर्न आवश्यक रहेको समेत उनले बताए। अहिले एकीकृत समाजवादीलाई माओवादीमा विलय हुने भनी आरोप लाग्ने गरेको भन्दै त्यो कुरा सत्य नभएको समेत बताए ।

उनले अबको केही समयमा स–साना वामपन्थी पार्टीबीच एकता हुने समेत बताए । ‘तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टी सँग एकताको सम्भावना छैन । तर साना केही दलसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*