बागमती प्रदेशमा मन्त्रिपरिषद बिस्तार, ३ मन्त्री र ३ राज्यमन्त्रीले लिए सपथ

तामसालिङ खबर
१० पुष २०७८, शनिबार ०५:४६

पुष, हेटौडा – बागमती प्रदेशमा थप मन्त्री परिषद बिस्तार भएको छ । नवनियुक्त ३ मन्त्री र ३ राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सपथ गराएका हुन् ।

पाण्डेले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम शुक्रबार ३ जना मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए । नवनियुक्त भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सपथ लिएका छन् ।

त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि सपथ लिएका हुन् ।

यस सँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ जना फुल मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त भएका छन् । कूल संख्या १८ पुगेको छ । मुख्यमन्त्री पाण्डेले ८ वटा मन्त्रालय टुक्र्याएर १४ पुर्याएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*