२०७९ सालभित्रै तीनै तहका निर्वाचन गर्न निर्वाचन आयोगको कार्य योजना

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार १०:३०

पुष, काठमाण्डौ – निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्ने गरी कार्य योजनाको खाका तयारी गरेको छ ।

आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकार सँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छन् ।

यसअघि पनि आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*