डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा खनियो सडक

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार ०८:४३

पुष, जाजरकोट – सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगर प्रमुख गोरख बहादुर केसीले बताउनुभयो । आठबीसकोट भित्र अहिलेसम्म ३ सय किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो ।

नगरपालिकाको वडा नम्बर ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नम्बर १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ ।

सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो । नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो ।

सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ । वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो । नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*