प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार ०७:५०

पुष, हेटौडा – बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार विहान ११ बजेका लागि बोलाईएको बैठक पनि अवरुद्ध गरेको हो ।

बैठक शुरु भए लगतै नेकपा एमालेका सांसदहरु उठेका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएसम्म संसद चल्न नसक्ने जनाएका थिए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले विहिबार प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, र केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक पेश गर्ने कार्य सूचि रहेको जानकारी गराएका थिए ।
तर मूख्यमन्त्री राजेन्द्र पाण्डेले एमालेले उठाएका प्रश्नको जवाफ नदिएसम्म संसद अवरुद्ध जारी रहने बताए ।

बागमती प्रदेशको प्रदेशसभा बैठक बिहिबार दिउँसो २ बजे बस्नको लागि बोलाइएको थियो । बागमती प्रदेशको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नजाने भएको छ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा एमाले नगएपछि बैठक नै सुरु हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*