माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

तामसालिङ खबर
७ पुष २०७८, बुधबार ०५:२०

पुष, काठमाडौं – नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री पौडेल र सचिवमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित हुनुभएको छ । मंगलबार बिहान साढे २ बजे सार्वजनिक मत परिणाम अनुसार दिनानाथ गौतमलाई पराजित गर्दै पौडेल विजयी हुनुभएको हो । पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ भने सचिवमा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले बाजी मार्नुभएको छ । उपाध्यक्ष महर्जनले १७८, ढुंगानाले १०१ र पुलामीले १३८ मत पाउनु हुँदा सचिवमा निर्वाचित थिङले १४९ मत प्राप्त गर्नुभयो ।

सह-सचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । कोषाध्यक्षमा संगीता भट्टराई विजयी हुनुभएको छ । माओवादी केन्द्र बागमतीको पदाधिकारी चयनका लागि सोमबार भएको मतदानमा २६१ जनाले मतदान गरेका थिए । मतदाता मंसिर २५ र २६ को प्रदेश सम्मेलनबाट निर्वाचित २७५ प्रदेश कमिटीका सदस्यहरु रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*