बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई खोप लगाइने

तामसालिङ खबर
४ पुष २०७८, आईतवार १०:००

पुष, हेटौडा – बागमती प्रदेशमा २ लाख भन्दा बढी बालबालिकाहरुलाई कोरोना विरूद्धको खोप लगाइने भएको छ ।

सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाबिरूद्धको मोर्डना खोप लगाइने भएको हो ।

यसका लागि २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् ।

खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य ईकाईहरूलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले  बताए । उनले खोप संचालन हुने जिल्लाका स्वास्थ्य ईकाईहरूले स्थानीय तह र विद्यालयहरूसंग समन्वय गरि लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाउने बताए ।

उनले खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न अपिल समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*