नवनिर्वाचित महामन्त्री शर्माले घाइते योद्धालाई छोएर खाए शपथ

तामसालिङ खबर
३ पुष २०७८, शनिबार ०८:२२

पुष, काठमाडौँ – नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले जनआन्दोलनका घाइते योद्धालाई छोएर पद तथा गोपनीयताको शपथ खाएका छन् ।

हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका शर्माले शुक्रबार शपथ खाएका हुन् । उनका शुभेच्छुकहरूले खादा र माला लगाइदिएपछि उनी जनआन्दोलन २०६२–०६३ का घाइते मुकेश कायस्थलाई भेट्न पुगेका थिए ।

उनले ती घाइते योद्धासहित अर्का घाइते तत्कालीन माओवादी आक्रमणका कारण मेरुदण्ड भाँचिएर वर्षौंदेखि ओछ्यानमै रहेका दीपेन्द्र गिरीलाई छोएर पदको शपथ खाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*