नमान्दा नमान्दै भीम रावललाई जबर्जस्ती जिम्मेवारी

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार २०:२५

पुष, काठमाडौं – नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवार बनेर पराजित भएपछि कुनै जिम्मेवारी निर्वाह नगर्ने भन्दै आएका भीम रावललाई पार्टीले जबर्जस्ती जिम्मेवारी प्रदान गर्ने भएको छ ।

शुक्रबार केन्द्रीय कमिटीका बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा महासचिव शंकर पोखरेलले अध्यक्षमा केपी शर्मा ओली सँग पराजित रावललाई जिम्मेवारी दिइने बताएका हुन् ।

महासचिव पोखरेलका अनुसार रावललाई थप जिम्मेवारी दिइने बारे छलफल भइरहेको र जसरी भए पनि दिइनेछ । नीतिगत रूपमा नेता रावल हाल केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहेको र उनलाई त्यहीँ जिम्मेवारी प्रदान गर्न लागिएको पनि महासचिव पोखरेलले बताए ।

यदि रावलले जिम्मेवारी लिन नचाहे पनि केन्द्रीय सल्लाहकारकै रूपमा पार्टीमा भूमिका रहने पोखरेलले पुनः बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*