नेपालमा शुरु भयो, मास्टर्समा एआईको पढाइ

तामसालिङ खबर
२ पुष २०७८, शुक्रबार ०९:३१

पुष, काठमाडौं – काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलोपटक स्नातकोत्तर (मास्टर्स) तहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अध्यापन सुरू गरेको छ ।

विश्वविद्यालयले सोमबार ‘मास्टर्स अफ टेक्नोलाजी इन आर्टिफिसियल इन्टेलिजेन्स (एम.टेक इन एआई) मा भर्ना भएका विद्यार्थीका लागि ओरियन्टेसन क्लास सम्पन्न गरेको छ ।

नियमित रुपमा पुस ५ गतेदेखि यो कक्षा सञ्चालन हुने जनाइएको छ । चार सेमेस्टर/दुई वर्षे यो कोर्षमा एआई र डेटा साइन्सको विषयलाई विशिष्टिकृत गरिएको कम्प्युटर साइन्स एवं इन्जिनियरिङ विभागका प्रमुख बालकृष्णले बलले बताए ।

यो कोर्षका लागि कलेज शुल्क तीन लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ । हाल १० जनाको सिट राखेर कक्षा सञ्चालन गरिएको बलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*