ओलीलाई प्रचण्डको जवाफ – सेयर बजारबारे मेरो विश्लेषण सही छ

तामसालिङ खबर
१ पुष २०७८, बिहीबार ०७:११

पुष, काठमाण्डौ – सेयर बजारबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच दोहोरी चलेको छ।

गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताएका थिए ।

उनको उक्त भनाइले सेयर लगानीकर्ताहरूमा तरंग आएको थियो। धेरैले उनको आलोचना गरेका थिए । बुधबार भएको अर्को कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अस्थिरताका संवाहक भएको भन्दै चर्को आलोचना गरेका थिए । उनले प्रचण्डको सेयर बजारबारेको अभिव्यक्ति पनि त्यसको अंग भएको बताएका थिए ।

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भने,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन। कुन सेयर कारोबारीले चन्दा दिएन होला। अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’

आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको तर्क थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*