ओमिक्रोन भेरिएन्टबाट बच्न हेटौंडामा तयारी

तामसालिङ खबर
२४ मंसिर २०७८, शुक्रबार ०९:५५

मंसिर, हेटौंडा – नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएपछी यसबाट बच्नका लागि हेटौंडा उपमहानगरपालिकाले तयारी थालेको छ ।

यो नयाँ प्रकारको भेरिएन्ट भएकाले सचेतना जगाउने, कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने र अग्रिम तयारीमा रहनेगरी काम सुरु गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

कोरोना बिरुद्धको खोपले पनि कोरोनाको ओमिक्रोन भेरिएन्टका लागि पनि काम लाग्ने भएकाले हेटौंडाका नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइने मेयर महतले बताउनुभयो । हरेक वर्ष कोरोनाको त्रास कायम रहेको बेलामा समेत फेरी कोरोनाको ओमिक्रोन भेरिएन्टको समस्या आइलागेकाले यसका बिरुद्ध लड्नका लागि हेटौंडा उपमहानगरका करिब एक सय जना स्वास्थ्यकर्मी तयारी हालमा रहेको उहाँले बताउनुभयो ।

यसका लागि आइसोलेसन पनि गौरिटारमा तयारी हालमा रहेको छ । नेपालमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको थियो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*