इ-पासपोर्ट लिन राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य

तामसालिङ खबर
२४ मंसिर २०७८, शुक्रबार ०८:५०

मंसिर, भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी (इ-पासपोर्ट) को लागि आवेदन लिने कार्य सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माका अनुसार बुधबारबाट योकार्यको थालनी भएको हो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट विद्युतीय राहदानी लिन चाहनेले अनलाइनबाट फारम भर्नू पर्दछ । विद्युतीय राहदानी (इ-पासपोर्ट)को लागि आवेदन दिने व्यक्तिले अनिवार्य राष्ट्रिय परिचयपत्रको नम्बर सो फारममा भर्नू पर्दछ । हाल भक्तपुर स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन कार्य भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*