महामन्त्रीका लागि बालकृष्ण खाण गृहमन्त्री छोड्न तयार

तामसालिङ खबर
२३ मंसिर २०७८, बिहीबार ०७:२५

मंसिर, काठमाण्डौ – नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्रीको जिम्मेवारी अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको खाणले बताएका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो तर्फको प्यानल निर्माणका लागि छलफल थालेसँगै खाणले महामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।

बुधबार विहान देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षले महाधिवेशनको चुनावी रणनीति र पदाधिकारीमा दाबी प्रस्तुतका लागि बैठक राखेको थियो । सो बैठकमा पनि खाणले २२ वर्षदेखि निरन्तर केन्द्रीय कार्यसमिति रहेको भन्दै अब महामन्त्री बन्न चाहेको बताएका थिए ।

खाण सरकारको सेकेन्ड म्यान (गृहमन्त्रीसहित दोस्रो वरियता) समेत रहेको हुनाले महामन्त्रीमा अर्को नेतालाई अवसर दिनुपर्ने देउवा समूहबाटै आवाज उठेको छ । सरकारभन्दा बाहिर भएका नेताहरु मध्येबाट महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने मापदण्ड तय गर्न सभापति देउवामाथि दबाब छ । तर, खाणले महामन्त्रीको उम्मेदवार बन्नका लागि आफू गृहमन्त्री छोड्न तयार रहेको बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*