हिउँले सडक अवरुद्ध, हेलिकाेप्टरमार्फत सुत्केरीको उद्धार

तामसालिङ खबर
२३ मंसिर २०७८, बिहीबार ०७:५९

मंसिर, डोल्पा – उपल्लो डोल्पाबाट सुत्केरीको उद्धार गरिएको छ । हप्ता दिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका-६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन् । स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निँदै गएपछि उनलाई हेलिकोप्टर मार्फत सुर्खेत पठाएको हो ।

राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार गरिएको हो । व्यवस्थित र सुविधा सहितका अस्पताल, प्रसूति गृह नहुँदा तथा अरू कारणले पनि उपल्लो डोल्पाका अधिकांश महिला घरमै सुत्केरी हुने गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*