अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस, प्लस टु अध्यक्षमा कार्की चयन

तामसालिङ खबर
२१ मंसिर २०७८, मंगलवार १३:२४

मंसिर, हेटौंडा – नेकपा माओवादी केन्द्रका भातृ संगठन अनेरास्ववियू क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पस प्लस टु अध्यक्षमा अंकित कार्की चयन भएको छ । मंगलबार क्याम्पसमा भएको सातौँ सम्मलेनले कार्कीको नेतृत्वमा २८ सदस्यीय प्लस टु कमिटी चयन गरेको हो ।

सम्मेलनबाट कमिटिको उपाध्यक्षमा सरोज विक, आरती बर्तौला, सचिवमा अभिषेक थापालाई चयन गरेका छ । क्याम्पसका प्लस टु का अध्यक्ष निश्चल रसाइलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यता रहेको थियो ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष तीर्थ थापा, अखिल क्रान्तिकारी मकवानपुरका अध्यक्ष श्रवण बर्तौला, अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष छोइसाङ लामा, अखिल क्रान्तिकारी बागमती गाउँपालिका कमिटीका अध्यक्ष निकाश भोलन, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्यय, प्लस टु प्राध्यापक उत्तम अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*