बागमती प्रदेश कांग्रेस उपसभापतिमा बस्नेत र महर्जन विजयी

तामसालिङ खबर
२१ मंसिर २०७८, मंगलवार ०८:५४

मंसिर, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सम्पन्न भएको कांग्रेस प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।

सम्पन्न मतगणना अनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी हुनुभएको हो । बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त गर्नुभयो । बस्नेत जगदिश नरसिंह केसी र महर्जन इन्द्र बहादुर बानियाँ प्यानलबाट उम्मेदवार रहनुभएको थियो । त्यसैगरी महामन्त्रीमा कंचन चन्द्र बादे र राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

महामन्त्रीका अर्का उम्मेदवार मकवानपुरका माइकल रामचन्द्र अर्याल झिनो मतान्तरले पराजित हुनुभयो । निर्वाचित बादेले ९९५ र श्रेष्ठले ९१० मत प्राप्त गर्नुभयो । बादे केसी र महर्जन बानियाँ प्यानलबाट उम्मेदवार बन्नुभएको थियो ।

सहमहामन्त्री महिलामा जीवन डङ्गोल निर्वाचित हुनुभयो । उहाँले ९४९ मत प्राप्त गर्नुभयो । सहमहामन्त्री खुला तर्फ ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठ विजयी हुनुभयो । घिमिरेले ९१६ मत प्राप्त गर्दा श्रेष्ठले ८३९ मत प्राप्त गर्नुभएको छ । यसअघि प्रदेस सभापतिमा इन्द्र बानियाँ बिजयी भइसक्नुभएको छ ।

पदाधिकारीको मतगणना पूरा भएसँगै आजबाट प्रदेस सदस्यहरुको मतगणना हुने प्रदेस निर्वाचन समिती सदस्य होमराज नेपालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*