प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

तामसालिङ खबर
२० मंसिर २०७८, सोमबार ०७:०३

मंसिर, चितवन – प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा ‘जुगल’ अध्यक्षमा निर्वाचित भएका छन् ।

मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ ।

अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्ष सहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ । सम्मेलनमा देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*