नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ विजय

तामसालिङ खबर
२० मंसिर २०७८, सोमबार ०६:५७

मंसिर, हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । प्रतिद्धन्द्धी जगदीश्वरनरसिंह केसीलाई हराउँदै बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । बानियाँ कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन् ।

दोस्रो चरणमा भएको मतदानमा बानियाँलाई भीमसेनदास प्रधानले सर्मथन गरेका थिए । बानियाले १ हजार ८५ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी केसीले ९ सय २७ मत प्राप्त गरेका छन् । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।

२०७४ सालमा मकवानपुर संघीय निर्वाचन क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएका बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत हुनु हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*